काठमाडौँ । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आयोग खारेज गर्ने सरकारी निर्णयमा रोक लगाएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरु सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले भूमि आयोग खारेज गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले असोज २३ गते भूमि समस्या समाधान आयोग र आयोगका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्चले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।
सर्वोच्चले निर्वाचन प्रयोजनका लागि गठन गरिएको सरकारले भूमि सम्बन्धी आयोग खारेज गर्न नमिल्ने ठहर गरेको छ । आयोग खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चले रोक लगाएपछि आयोगमा राजनीतिक नियुक्ति पाएकाहरु खुसी भएका छन् ।
यसो त आयोगमा अधिकांश पदाधिकारी पार्टीका कार्यकर्ता थिए । सरकारले उक्त आयोग नै खारेज गरेपछि उनीहरु बेरोजगार बनेका थिए । तर, सर्वोच्चले आयोग खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि आयोगमा राजनीतिक नियुक्ति पाएकाहरु खुसी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्