काठमाडौँ । तारागाउँ रिजेन्सी (हायात होटल) ले लाभांश दिने घोषणा गरेको छ । जेन-जी आन्दोलनका क्रममा तोडफोड र लुटपाट भएको होटलले सेयरधनीलाई करबाहेक ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
मंसिर २२ गते सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश साधारणसभाबाट पारित हुन बाँकी छ । सभाबाट लाभांश पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।
यस अघि होटलले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिएको थियो । अहिले कम्पनीको सेयर ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हाल होटल मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षाजन्य संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द छ । हायात होटल पुन:संचालनमा आउन एक वर्ष लाग्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्