काठमाडौँ । लेखापरीक्षकहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले बार्षिक रुपमा दिने निकै सम्मानित मानिएको अवार्ड विवादमा तानिएको छ । आइक्यानकै पार्षद् रहेका सिए अमन उप्रेतीले स्वार्थपूर्ण कारोबार गरेको पाइएपछि अवार्ड विवादमा तानिएको हो । उप्रेतीले बार्षिक प्रतिवेदन प्रस्तुतीकरणलाई परिस्कृत बनाउने नाममा कृषि बिकास बैंकसँग भुक्तानी लिनु, र सोहि पटक उनी नै पार्षद रहेको संस्थाले बैंकलाई एक्लो प्रतिष्पर्धी बनाएर अवार्ड दिएपछि यो विवाद सतहमा आएको हो ।
भएको के हो ?
गत सालको कुरा हो, अमन उप्रेतीले कृषि बिकास बैंकको बार्षिक प्रतिवेदनको प्रस्तुतीकरणका नाममा कृषि बिकास बैंकलाई आफ्नो कम्पनीमार्फत मु.अ. करसहित ५ लाख रुपैयाँको बिल काटे । केहि दिन सामान्य काम गरेजस्तो गरेर ५ लाख रुपैयाँको बिल काटेपछि बैंकभित्र आन्तरिक प्रश्न उठ्यो । त्यसअघि सो शीर्षकमा काम नै नभएको र एकासी किन त्यति रकम खर्च गरियो भन्ने प्रश्न उठेपछि बैंकका सिनियर कर्मचारीहरुले ‘यो अवार्ड लिनका लागि गरिएको काम’ भनेर बैंकभित्र ब्रिफिङ गरे । छवि धुमिलिएका बेला अवार्ड लिने कुरामा बैंकभित्र प्रश्न उठाउने अधिकारीहरु पनि ‘कन्भिन्स’ भए ।
नभन्दै कृषि बिकास बैंकले केहि दिनपछि बिपीए अवार्ड पायो । यतिसम्म कि कृषि बिकास बैंकले जुन विधामा अवार्ड पाएको थियो, त्यो विधामा बैंक एक्लै प्रतिष्पर्धी थियो । अझ खास कुरा त के छ भने, कृषि बिकास बैंकले जुन अवार्ड पाएको थियो, यसअघि आइक्यानले वितरण गर्ने अवार्डमा सो विधा नै थिएन ।
‘एक त अन्तराष्ट्रिय चलन भनेर पहिला नभएको विधा थप्न लगाईयो । त्यसमाथि एक्लो प्रतिष्पर्धीलाई अवार्ड नदिउँ भन्ने कुरा पनि भएको थियो । तर पार्षद उप्रेतीले अन्तराष्ट्रिय चलन भन्दै दिनुपर्छ भनेर जोडबल नै गरे । ठिकै छ नि त, भनेर ओके भनियो, तर पछि उहाँको बैंकसँग लेनदेन रहेछ ।’ आइक्यानका एक उच्च अधिकारीले भने, ‘सकेसम्म यो विषय बाहिर नल्याउँ भन्ने थियो । तर उप्रेतीले यसपाली पनि अवार्डको ठेक्का लिएजसरी काम लिएछन् । सो विधामा अवार्ड नदिने गर्नुहुन्न भनेर दबाबसमेत आएको छ । एक्लो प्रतिष्पर्धी भएकाले कृषि बिकास बैंकलाई नै सो अवार्ड दिनैपर्ने छ ।’
ती अधिकारीका अनुसार केहि समय अगाडी सिटिजन्स बैंकलेसमेत यसैगरी अवार्ड लिएको पाइएपछि केहि नियम नै परिवर्तन गरिएको थियो । ‘सिटिजन्स बैंकले केहि समय अगाडि आइक्यानलाई एउटा प्रतिवेदन बुझाउने, पब्लिकलाई एउटा प्रतिवेदन बुझाउने गरेको रहेछ । अनि, आइक्यानलाई बुझाउने प्रतिवेदन राम्रो देखाउने नाममा एक जना सिएले ७ लाख्र रुपैयाँ लिएका रहेछन् । यो थाहा पाएपछि सेयरधनीलाई दिने वित्तीय प्रतिवेदन र आइक्यानलाई दिने प्रतिवेदन उही हुनुपर्छ भन्ने नियम बसाईयो । त्यसपछि सिटिजन्स बैंकले सो अवार्ड नै पाएन ।’ आइक्यानका एक अर्का अधिकारीले भन्छन्, ‘अवार्ड भनेको त सम्मान हो, यहाँ त व्यापार भईरहेको रहेछ । यसलाई नरोके संस्थाको गरिमा सकिन्छ ।’
ती अधिकारीले आइक्यानले नै कारवाही गरेका व्यक्तिबाट पुन: अवार्डका लागि पावर लगाईदिन अनुरोधसमेत भएको दाबी गरे । ‘जसलाई आइक्यानले अनुशासनको कारवाही गरेको छ, सो कारवाही भुक्तानीसमेत नगरी बैंकको सीइओ बनेका व्यक्तिले पुन: अवार्ड दिलाईदिन भन्दै एक सिएलाई यस्तै काम दिएका रहेछन् । उनले गर्दिन भनेका रहेछन् । सो काम अरु सीएले गरे कि गरेनन् थाहा भएन, तर पार्षदले नै यसरी स्वार्थको द्वन्द हुनेगरी काम नगरेको भए हुन्थ्यो । अमनजीले गल्ती गर्नुभयो ।’
के भन्छन् अमन उप्रेती ?
अमन उप्रेती आफुले कृषि बिकास बैंकमा वित्तीय रिपोर्ट प्रस्तुतीका लागि भन्दै काम लिएको र सोको भुक्तानीसमेत लिएको स्वीकारे । उनले अवार्ड अप्लाई गर्नकै लागि आफुले काम गरेको पनि स्वीकारे । तर आफु अवार्ड वितरणमा कतै पनि सहभागी नभएकाले यो काम स्वार्थको द्वन्द नहुने उनको तर्क छ । ‘वित्तीय रिपोर्ट प्रस्तुतीकरण राम्रो बनाउने काम हामीले गरेका हौँ । त्यसवापत भुक्तानी पनि लिएको हो । सो काम अवार्डमा अप्लाई गर्नका लागि हो भन्ने पनि थाहा थियो । तर त्यसपछि मेरो कुनै पनि सहभागीता छैन ।’ उप्रेतीले भने, ‘मैले सो अवार्ड दिलाईदिन कतै पनि भनसुन गरेको छैन । मैले अवार्ड दिने पनि होइन । तर अवार्ड अप्लाई गर्न वित्तीय रिपोर्ट राम्रो बनाउने कम लिएको हो । यो मेरो काम नै हो ।’ उप्रेतीले भने ।
‘अनि अवार्ड दिने संस्थाको पार्षद तपाईं, अवार्ड लिन स्पोर्ट हुनेगरी पैसा लिएर काम गर्ने पनि तपाईं ? यो त स्वार्थको द्वन्द हुनेगरी काम भएन र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘यस्तो त अरुले पनि गरेका छन् ।’
आइक्यानमा पटक पटक उप्रेतीविरुद्ध लिखित उजुरी, के भन्छ आइक्यान ?
यसो त यस विषयमा आइक्यानमा उजुरीसमेत परेको छ । तर, आइक्यानले अरु धेरै सिएहरु पनि तानिनसक्ने भन्दै यो उजुरीउपर कारवाही सुरु नै गरेको छैन । केहि दिन अघि मात्र पनि उप्रेतीविरुद्ध आइक्यानमा उजुरी परेको छ । अवार्ड दिलाईदिने भन्दै स्वार्थपूर्ण कारोबार गरेको, रिलायन्स स्पिनिङ्ग मिल्समा हुँदै नभएको प्रोजेक्सन बनाएर सर्टिफाई गरेको लगायतका विषयउपर अनुसन्धानको माग गर्दै उनी विरुद्ध उजुरी परेको हो । तर, उप्रेतीले भने कारवाही गर्ने भए अहिलेका अध्यक्षबाटै कारवाही सुरु गर्नुपर्छ भन्दै यो विषयमा छानविन रोकिरहेको आइक्यानका अधिकारीहरुको दाबी छ ।
बैंक भन्छ -‘प्रतिवेदन हामीले बनाउने हो, उहाँ डिजाइनर हो कि !’
यता कृषि बिकास बैंकले भने वित्तीय प्रतिवेदन बनाउने काम कुनै सिएले गर्ने नभई आफ्नै टिमले बनाउने गरेको दाबी गर्छ । बैंकका सूचना अधिकारी हिमलाल पौडेलले बैंकले अवार्ड पाएको वित्तीय प्रतिवेदन पनि बैंककै आन्तरिक टिमले बनाएको दाबी गरे । ‘त्यो वित्तीय प्रतिवेदन त हाम्रै टिमले बनाउने हो । त्यसका लागि कसैलाई पैसा दिएर काम लगाएको हुनुनपर्ने हो ।’ पौडेलले भने, ‘प्रतिवेदन बनाउने हामीले नै हो, अव उहाँलाई डिजाइन गर्न पो दिएको हो कि !’
‘डिजाइन त प्रेसतिरको काम होला नि, त्यो पनि ५ लाख रुपैयाँ डिजाइनको पर्छ र ?’ हाम्रो प्रश्नमा पौडेलले भने -‘यस विषयमा मलाई थप थाहा भएन । तर प्रतिवेदनचाहिं हामीले नै बनाउने हो, हाम्रै टिमले बनाउने हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्