काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पनि कीर्तिपुरको डाँडामा बसेर तीन लाख रुपैयाँ कमाउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । उनले काँग्रेस महामन्त्री गगन थापाको भनाई वास्तविक र यथार्थपरक रहेको भन्दै आईटीमार्फत उक्त कुरा सम्भव रहेको बताएका छन् ।
हाल सरकारले सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई सहज वातावरण बनाउन सरकारले आवश्यक व्यवस्था र ऐनमा संशोधन गरिरहेको पनि अर्थमन्त्री खनालले बताएका छन् । उनले आईटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म विदेशी मुद्रा सटही निःशर्त दिने व्यवस्था गरिएको बताएका छन् ।
आईटी क्षेत्रमा आफ्नो ज्ञान, सीप प्रयोग गरेर विदेशी पुँजी भित्र्याउन सहयोग गर्ने व्यवसायीको सहजताका लागि यो व्यवस्था गरिएको अर्थमन्त्रीको भनाई छ । उनले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्नसक्ने वातावरण तयार गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै सरकार गृहकार्य गरिरहेका पनि बताएका छन् ।
उनले नेपालबाटै रिमोर्ट वर्क गरेर विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने युवाहरुको मागलाई राज्यले गम्भीर रूपमा नबुझेको पनि बताएका छन् । उहाँले मुलुकको आर्थिक विकास र लगानीको वातावरण सिर्जना गर्न विद्यमान कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै उनले सामान्य नीति तथा नियममा आवश्यक संशोधन गर्ने कार्य भइरहेको पनि उल्लेख गर्नुभयो । उहाँका अनुसार हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन गरिएका छन् । उहाँले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउने काँग्रेस महामन्त्री गगन थापाको भनाइ वास्तविक र यथार्थपरक रहेको बताउनु भयो ।
‘…अचानक कसैको बुद्धि पलाएर विभिन्न तहमा छलफल भइसकेपछि हिम्मत गरेर कीर्तिपुरको डाँडामा ल्यापटप लिएर महिनाको तीन लाख कमाउने भन्ने जुन गगन थापाज्युले भाषण गर्नुभयो त्यो वास्तविक कथा हो । तर कसैकसैलाई लाग्दैन ।’, उनले भने, ‘काठमाडौँमा जति पनि चियाका आउटलेट खुलेका छन्, त्यहाँ त्यस्तै ठिटाहरु बसेका हुन्छन् । हो तीनिहरुले केही न केही रिमोर्ट वर्करको काम चाहिँ गरिरहेका छन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्