काठमाडौँ । प्रभु बैंकको एक केसमा सीआईबीले बैंकका सीइओसहित ३ जनालाई पक्राउ गरेपछि यतिबेला बैंकिङ क्षेत्र तातेको छ । नियामक नेपाल राष्ट्र बैंकले काम गर्दा गर्दै सीआईबीको हस्तक्षेप हुँदा पनि यस विषयमा सटिक रुपमा न बैंकर्स संघ बोल्न सकेको छ, न आफ्नो क्षेत्राधिकार मिचिँदा पनि नेपाल राष्ट्र बैंक बोल्न सकेको / चाहेको छ । यहि बीचमा राजनीतिक प्रतिशोध साँध्नेहरुको आआफ्नै उद्देश देखिएका छन् । भनेको काम नगरिदिएको बहानामा राष्ट्र बैंककै केहि अधिकारीहरु सीआईबीको कामलाई ‘सहि’ भनिरहेका छन् । बैंकभित्रको फोहोरी राजनीति उस्तै छ । तर प्रश्न उठेको छ – ‘के बैंकहरुमा सीआईबी छिर्नु ठिक हो त ?’
यस विषयमा बुझ्न हामीले विभिन्न बैंकका सीइओहरुसँग कुराकानी गरेका थियौँ । सो क्रममा आधा दर्जन बढी सीइओहरुले सीआइको हस्तक्षेपले कालान्तरमा बैंकहरु नै सिध्याउन सक्ने दाबी गरेका छन् । ‘राष्ट्र बैंकले हेर्ने विषय, राष्ट्र बैंकलाई हेर्न दिनुपर्छ । झ्याप्प समात्यो, अनुसन्धान गर्ने भन्यो, अदालत बुझायो, अनि निर्दोष ठहर भएपछि चाहिं के ?’ एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने, ‘निर्दोष मान्छे त सुरुमै निर्दोष थियो नि । तर राष्ट्र बैंकले ठिक छ, केहि बिग्रेको छैन भन्दाभन्दै हामी पनि अनुसन्धान गर्छौँ भनेर सीइओ नै समातेर लैजाँदा पनि राष्ट्र बैंक जसरी मौन बसेको छ, बैंकर्स संघ जसरी मौन बसेको छ, त्यसले सबैको पालो आउँछ भन्ने प्रष्ट देखाउँछ ।
अर्को बाणिज्य बैंकका सीइओले पनि सीआईबीको हस्तक्षेपका कारण अव राष्ट्र बैंक किन चाहियो र ? भन्ने प्रश्न उठेको बताएका छन् । ‘राष्ट्र बैंकलाई अव सीआईबीको एउटा अंग बनाईदिए भईगो नि । वा सीआईबीलाई राष्ट्र बैंक मातहतमै राखे भईगो नि । अनुसन्धानका नाममा दुख दिने काम भयो । जे भयो, सो राम्रो भएन ।’ ती सीइओले भने ।
ती सीइओका अनुसार यो प्रकरणमा राष्ट्र बैंक र बैंकर्स संघकै भूमिका शंकास्पद देखिएको छ । ‘राष्ट्र बैंकले हुँदै हुन्न, समात्न मिल्दैन, यो हाम्रो क्षेत्राधिकार हो, भन्न सक्नुपर्दैन? अनि बैंकर्स संघले भोलिपल्टैबाट आन्दोलन सुरु गर्नुपर्दैन ? सबलाई आफु पनि जाकिने डर छ । अनि कसले कसको लागि चिन्ता गर्ने ?’
राष्ट्र बैंकको समेत कतिपय कमजोरी भए पनि यसलाई सुधारेर जानुपर्नेमा सीइओहरुको जोड छ । ‘राष्ट्र बैंकका अनेक कमजोरी होलान् । त्यसलाई सच्याउने हो । तर यहाँ त रेगुलेटर किन चाहियो र ? जस्तो काम गरिएको छ । जुन गलत छ ।’
ती सीइओका अनुसार यसपाली व्यक्ति र बैंक हेरिएको छ । ‘प्रभु बैंकको सीइओ मेरो प्रतिष्पर्धी थियो जस्तो कुरा गरिएको छ । प्रभु बैंक कमजोर भए मेरो बैंकको र्याङ्क माथि आउँछ जस्तो कुरा गरिएको छ । जुन सरासर गलत छ ।’ ती सीइओले थप भने, ‘बोल्न कोहि नसक्ने, कुरा गर्न कोहि नसक्ने, तिनैलाई नेता बन्नुपर्ने, अनि दु:ख एउटा बैंकको सीइओले पाउनुपर्ने, त्यतिकै यो देशलाई सतिले सरापेको देश भनेको होइन रहेछ ।’
अधिकांश सीइओहरुले प्रभु बैंकका कर्मचारीहरु निर्दोष ठहर हुने भए पनि अनावश्यक झमेलामा पारिएको दाबी गरे। ‘तर कानुन हो, मान्नुपर्छ भनिएको छ । त्यसमाथि सीआईबीसँग निहुँ कसले खोज्ने ? प्रभुका जस्ता फाइल कुन बैंकमा छैनन् ? सबै बैंकमा छन् । यसरी त सबै सीइओ जेल जान्छन् । उही आफ्नो पालो अलि ढिलो आओस् भन्ने मात्र भयो अव त ।’
थुप्रै सीइओ बैंकिङ छाड्दै, आधा दर्जन बढी प्रहरीको भ्यान कुर्दै !
प्रभु प्रकरणपछि आत्तिएका दुई बैंकका सीइओ यहि प्रकरणपछि बैंक छाड्ने मुडमा पुगेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले सेफ ल्याण्डजस्तो देखिनेगरी आफुहरु बैंक छोड्न तयार भएर बसेको बताए । बैंकर्स संघकै पदाधिकारी रहेका अर्का एक सीइओले त आफ्नो कार्यकाल सक्काएर बैंकिङमै नफर्किनेसमेत बताए । ‘बैङ्कका सीइओहरुसँग सल्लाह भईरहेको छ, ३ जनाले त बैंक छाड्ने भनिरहेका छन् । केहिचाहिं बैंक छाड्न सकिन्न अव प्रहरीको भ्यान कुर्ने हो भनिरहेका छन् ।’ बाणिज्य बैंकहरुमध्ये अब्बल बैंक ठहरिएको बैंकका सीइओले भने ।
बैंकका सीइओहरुले दिएको जानकारी अनुसार प्रभु बैंक प्रकरणपछि सिटिजन्स बैंकका सीइओ गणेश राज पोखरेल अहिलेको कार्यकाल सकेर बैंकिङमै नफर्कने बताउन थालेका छन् । बैंकर्स संघका हालका अध्यक्ष सन्तोष कोइराला पनि बैंकको अहिलेको कार्यकाल सकेर बैंकिङमै नफर्कने तयारीमा छन् ।
केहि समय अघि मात्र बैंकको सीइओ छोडेका रोशन कुमार न्यौपानेले आफुले बैंक छोडेर ठिक गरेको महसुस हुन थालेको बताउन थालेका छन् । हिमालयन बैंकका सीइओ अशोक समशेर राणा पनि यहि बर्ष बैंकको सीइओ छोड्ने मुडमा आफु पुगेको बताउन थालेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ ज्योति पाण्डे पनि सीआईबीको यस्तै हस्तक्षेप हो भने बैंकिङ गर्न अव नसकिने बताउन थालेका छन् ।
बैंकिङ नै छाड्ने तयारीमा रहेका बिकास बैंकका सीइओहरुको लिष्ट अझ लामो छ । बिकास बैंकमा सीआईबी प्रवेश गरे, कुनै पनि सीइओ नजोगिने स्वयम् डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पदाधिकारीहरु बताउन थालेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्