Skip to content
LAXMI SUNRISE BANK

‘बैंकका लागि सबैभन्दा सुरक्षित लगानी क्षेत्र सेयर बजार’ -डेपुटी गभर्नर

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकका लागि सबैभन्दा सुरक्षित लगानी क्षेत्र सेयर बजार भएको बताएका छन् । धितोपत्र बोर्डले आयोजना गरेको विश्व लगानीकर्ता सप्ताह २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सेयर मूल्यमा उतार–चढाव भएता पनि बैंकहरूले मार्जिन कल मार्फत जोखिम व्यवस्थापन सहजै गर्न सक्ने भएकाले अन्य क्षेत्रको तुलनामा सेयर बजार सुरक्षित रहेको मिश्रले बताएका छन् ।

त्यस्तै, सेयर बजारमा पारदर्शिता, नियमन र जोखिम व्यवस्थापन सुदृढ हुँदै गएमा यो क्षेत्र बैंक तथा वित्तीय संस्थाका लागि दीर्घकालीन रूपमा समेत सुरक्षित कर्जा क्षेत्रका रूपमा स्थापित हुन सक्ने उनले  बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंक सधैँ सेयर लगानीकर्ताको पक्षमा रहेको समेत बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK