काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा आकाश धूमिल देखिन थालेको छ ।
एक हप्ता अघिसम्म उपत्यकाबाट स्पष्ट देखिने हिमालहरू अहिले देख्न मुस्किल भएको छ । विशेषज्ञहरूका अनुसार मौसमी सुक्खा हावा, निर्माण स्थलबाट उड्ने ठूला धूलो-कण र अत्यन्तै स-साना धुलो-धुवाँका कणको मात्रा बढ्नुले हावा बाक्लिँदै गएको छ ।
वायु प्रदूषण मापन सूचकाङ्क (एक्यूआई) काठमाडौँका विभिन्न स्थानहरूमा १८०-२५० सम्म पुगेको छ । जुन ‘अस्वस्थकर’ श्रेणीमा पर्छ । यस्तो अवस्थामा सामान्य मानिसलाई समेत असर पर्न सक्छ भने दम, एलर्जी, मुटु र फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि जोखिम अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् ।
एः२.५ कणहरू २.५ माइक्रोन भन्दा साना हुने भएकाले आँखाले देखिँदैनन् तर नाक-फोक्सो हुँदै शरीरभित्र प्रवेश गर्न सक्छन् । यिनै कणहरूको मात्रा अत्यधिक बढ्दा दृश्यता घट्ने, आँखा पोल्ने, घाँटी चिलाउने, थकान बढ्ने र दीर्घकालीन रूपमा फोक्सो तथा मुटु रोगको जोखिम समेत वृद्धि हुन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः









प्रतिक्रिया दिनुहोस्