Skip to content
LAXMI SUNRISE BANK

ट्रम्पले लगाए थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन् । ट्रम्पले बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका हुन् । 

अमेरिकी प्रशासनले सुरक्षा जोखिमको कारण देखाउँदै थप पाँच देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ । 

थप पाँच देशसँगै अमेरिकाले प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरुलाई पनि अमेरिका प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । यसो त अमेरिकाले यसअघि १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध र ७ देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

त्यसबेला अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यसमा हाल अमेरिकाले थप पाँच देश थपेको छ । यी प्रतिबन्धहरु आगामी जनवरी १ देखि लागू हुने अमेरिकी प्रशासनले जनाएको छ । 

अमेरिकाले ह्वाइट हाउस नजिकै नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि गोली चलेको घटनापछि आप्रवासी नीतिमा कडाई गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK