काठमाडौँ । नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न औषधि पसलहरूमा गई हामी लागु औषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने ३७ वर्षीय आकाश भन्ने नानि बावु लामा र ३४ वर्षीय प्रकाश तामाङ पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका ६ स्थित औषधी पसलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरुले आफु लागु औषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भनि पसलको खानतलासी गरी तपाईंले लागु औषध तथा अवैध औषधिहरू बेच्नु भएको छ, हामी तपाईंलाई नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने गरेका थिए ।
हाल दुवै जनालाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्