Skip to content
LAXMI SUNRISE BANK

‘एमाले र काँग्रेसले देशलाई भ्रष्ट व्यवस्थाबाट मुक्त गर्न सक्दैनन्’- कमल थापा

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा अध्यक्ष कमल थापाले एमाले र काँग्रेस भ्रष्ट व्यवस्थाका संवाहक भएको बताएका छन् । काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले यस्तो बताएका हुन् । 

उनले भ्रष्ट व्यवस्थाको अन्त्य एमाले र काँग्रेसबाट सम्भव नभएको पनि बताएका छन् । 

‘भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त तुल्याउने कार्य देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेसबाट सम्भव छैन ।’, उनले भने, ‘किनकी उनीहरु नै यो भ्रष्ट व्यवस्थाका संवाहक हुन् । भ्रष्ट शासकको रुपमा उनीहरु परिचित छन् ।’

त्यस्तै, उनले देशले अविलम्व गर्दै आएको वैचारिक अवधारणा र मार्गचित्रमा सुधार गर्न आवश्यक रहेको भन्दै त्यो सुधार गर्न सक्ने राष्ट्रवादीको निर्माण राप्रपा र राप्रपा नेपालको एकताबाट हुने दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK