काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालोसूचीको प्रावधानमा ‘रिभ्यु’ गर्ने तयारी थालेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले कालोसूचीको प्रावधानमा ‘रिभ्यु’ तयारी गरेको बताएका हुन् ।
उनले नेपालमा लगानी नबढ्नुको एउटा कारण कालोसूची समेत भएको भन्दै कालोसूचीमा ‘रिभ्यु’ गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
‘कालोसूचीका बारेमा रिभ्यु पनि गर्दैछौँ । मुलुकमा लगानीको ग्रोथ हुन सकिरहेको छैन । एउटा कारण धेरै मान्छेहरु कालोसूचीमा पर्नु पनि हो ।’, गभर्नर पौडेलले भने, ‘हाम्रो देशमा ऋणीहरुको संख्या १८-१९ लाख छ । त्यसमा युनिक ब्रोआरहरु ८–९ लाख छ । डेढ लाख ऋणीलाई अहिले कालोसूचीमा राखेका छौँ ।’
त्यस्तै, गभर्नर पौडेलले निर्माण क्षेत्रमा सामूहिक रुपमा गरिएको लगानीमा एक जनाले नराम्रो गरे सबै कालोसूचीमा पर्ने समस्यासमेत हटाइने बताएका छन् ।
अर्कोतर्फ बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापनका लागि मौद्रिक नीतिलाई लचिलो बताएको पनि गभर्नर पौडेलले बताएका छन् । उनले आगामी दिनमा यसले लगानी बढ्दै जाने अपेक्षा व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्