Skip to content
LAXMI SUNRISE BANK

बालेन-रविको वार्ता चलिरहँदा फिल्म प्रचारका लागि पुगे पाँडे !

अर्थ सरोकार

काठमाडौँ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच वार्ता चलिरहेको छ । वार्ता ललितपुरको कुपन्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा चलिरहेको छ । 

भित्र बालेन र रविबीच वार्ता चलिरहँदा बाहिर भने नेता-कार्यकर्तादेखि कलाकारसम्मको चहलपहल बढेको छ । 

यहीबीच बालेन-रवि वार्तास्थलमा हाँस्य कलाकार अर्जुन घिमिरे (पाँडे) भने आफ्नो फिल्मको प्रचारमा लागेका छन् । उनले वार्तास्थलमा आफ्नो फिल्म ‘झरीपछिको इन्द्रेणी’को ब्यानर राखेका छन् । उनले भीडमा आफ्नो फिल्मको प्रचारसमेत गरिरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK