काठमाडौँ । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्स कारवाहीमा परेको छ । युरोपेली संघ (ईयु)ले डिजिटल पारदर्शिता नियमहरु उल्लंघन गरेको भन्दै एक्सलाई कारवाही गरेको हो ।
एक्सलाई कारवाहीस्वरुप १२० मिलियन युरो (१४० मिलियन डलर) जरिवाना तिराइएको ईयुले जनाएको छ ।
मस्कको कम्पनी एक्सले प्रयोगकर्तालाई धोका दिने, अपुष्ट र भ्रमपूर्ण विज्ञापनहरु प्रशारण गरेको ईयुको दाबी छ । यसरी एक्सले ईयुको डिजिटल पारदर्शिता नियमहरु उल्लंघन गरेको भन्दै कारवाही गरिएको ईयुले जनाएको छ ।
तर, एक्समाथि ईयुको कारवाहीप्रति अमेरिकाले भने आपत्ति जनाएको छ । एक्सलाई कारवाही गरेर ईयुले अमेरिकी कम्पनी र व्यवसायीलाई आतंकित बनाएको भन्दै अमेरिकाले उक्त कारवाहीको विरोध गरेको छ । यतिसम्म कि उक्त कारवाहीले अमेरिका र ईयुसँगको सम्बन्ध बिग्रन सक्ने पनि अमेरिकाले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्