Skip to content
LAXMI SUNRISE BANK

११ बैंकले घटाए ब्याजदर, ८ बैंकको स्थिर, एउटा कसले बढायो ?

अर्थ सरोकार

काठमाडौँ । बैंकहरुको ब्याजदर थप घटेको छ । माघ महिनाका लागि ब्याजदर सार्वजनिक गर्दै वाणिज्य बैंकहरुले ब्याजदर थप घटाएका हुन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा ०.१४९५ प्रतिशतले घटेर ४.६८४५ प्रतिशत कायम भएको छ । पुस महिनामा यस्तो ब्याजदर औसत ४.८३४ प्रतिशत रहेको थियो ।

२० वाणिज्य बैंकमध्ये ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । एउटा बैंकले भने ब्याजदर बढाएको छ । अधिकांश बैंकले ब्याजदर घटाउँदा औसत ब्याजदर घटेको हो ।

ब्याजदर घटाउनेमा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।

नेपाल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले ब्याजदर स्थिर राखेका छन् । यता, प्राइम कमर्सियल बैंकले भने ब्याजदर बढाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK