Skip to content
LAXMI SUNRISE BANK

फागुन २१ को चुनावका लागि ३ हजार ४ सय ४८ जनाले गराए उम्मेदवारी दर्ता, युवा कति छन् ?

अर्थ सरोकार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ३ हजार ४ सय ४८ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

कुल उम्मेदवारी दिनेहरुमा २५ देखि ३५ वर्ष उमेर समूहका ५ सय ८३ जना छन् । त्यस्तै, ३६ देखि ५० वर्षसम्मका १ हजार ६ सय १०, ५१ वर्षदेखि ६५ वर्षसम्मका १ हजार ९० र ६५ वर्षमाथिका २ सय १ जना उम्मेदवार छन् ।

आज (बुधबार) उम्मेदवारविरुद्ध उजुरी गर्ने कार्यतालिका छ । निर्वाचनका लागि एमाले र काँग्रेसले मात्र १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६४ निर्वाचनमा क्षेत्रमा उम्मेदवारी दिएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १६३ स्थानमा उम्मेदवारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK