Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौँ ठग्ने ४ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारी, गुल्मी रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा चितवन राप्ती नगरपालिका–३ घर भएका २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् ।
उनीहरुले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर लाखौँ रकम ठगी गरेका थिए । प्रहरीका अनुसार कुँवरले सर्बिया पठाउने भन्दै २ लाख ५० हजार, अधिकारीले क्यानडा पठाउने भन्दै २ लाख ५० हजार, मरासिनीले रोमानिया पठाउने भन्दै २ लाख २५ हजार र आचार्यले युएइ पठाउने भन्दै २ लाख ६२ हजार रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएका थिए ।
हाल उनीहरू चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK