काठमाडौँ । अमेरिकाबाट थप ८० जना नेपाली देश निकालामा परेका छन् । अमेरिकाबाट देश निकालामा परेका ८० नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल फिर्ता आएका छन् ।
अमेरिकाबाट देश निकालामा परेका ८० जनामध्ये अधिकांश तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका पुगेको पाइएको छ ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा उनीहरुले दलाललाई पैसा बुझाएर तल्लो बाटो हुँदै अमेरिका पुगेको बयान दिएका छन् । उनीहरुले दलाललाई एक करोड भन्दा बढी रकम तिरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
केहीले एक करोड ४० लाख रुपैयाँसम्म खर्च गरेको पनि प्रहरीसँग बताएका छन् । ८० जनामध्ये एक जना महिला छिन् भने एक जना अध्ययन भिसामा अमेरिका पुगेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्