Skip to content
LAXMI SUNRISE BANK

बैंकको क्यालेण्डरमा बुधबारलाई Tuesday लेखेको देखेपछि ११ वर्षीया छोरीले सोधिन्- ‘यो बैंकको बोसले कति पढेको छ ?’

अर्थ सरोकार

काठमाडौँ । केहि समय अगाडीमात्र म कृषि बिकास बैंकको एक शाखामा पुगेको थिएँ । बैंकमा त्यहि १०-१५ मिनेटको काम थियो । छोरीको ‘विन्टर भ्याकेसन’ चलिरहेकाले बैंकमा काम पनि सक्छु र छोरीलाई घुमाउँछु भनेर उनलाई पनि बैंक सँगै लिएर गएँ । बैंकमा पुगेपछि केहि कुर्नुपर्ने भयो । म र छोरी सँगै बस्यौँ ।

एक्कासी मेरी छोरीको ध्यान बैंकको क्यालेण्डरमा गएछ । उनले नजिकै रहेको क्यालेण्डरमा मंगलबारलाई पनि Tuesday, र बुधबारलाई पनि Tuesday लेखेको देखेपछि सोधिन्- ‘पापा, पापा, त्यहाँ हेरिस्यो न । त्यहाँ त बुधबारलाई ट्युजडे लेखिएको छ । मंगलबार पनि ट्युजडे, बुधबार पनि, ट्युजडे कसरी हुन्छ र ? ट्युजडे भनेको त मंगलबार हो नि, बुधबार त वेनस्डे हो नि ।’

उनले बोलेपछि वरपरकाले पनि क्यालेण्डर हेरे । मैले पनि हेरेँ । नभन्दै बैंकको क्यालेण्डरमा गल्ती नै छापिएको रहेछ । छोरीले देखाईदिएपछि बैंकका कर्मचारीले पनि सो क्यालेण्डर पल्टाई पल्टाई हेरे ।

‘मिस्टेक भएको रहेछ नानु, हामीले त याद नै गरेका रहेनछौं नि ।’ कर्मचारीले प्रश्न गरेपछि छोरीले फेरी सोधिन्- ‘यो हजुरले बनाउनु भएको हो ?’

छोरीको प्रश्नपछि ती कर्मचारी बोले, ‘हामीले होइन नि नानु, हाम्रो बोसले बनाउनुभएको हो ।’

त्यसपछि छोरीले सोधिन्- ‘यो बैंकको बोसले कति पढेको छ पापा ? यो बैंकको बोसको स्कुलमा सन्डे, मण्डे पढाई हुन्न ?’

त्यसपछि म नाजवाफ भएँ । अर्का एक साथीले सो क्यालेण्डर बच्चाले नदेख्नेगरी राख्न सुझाव दिए । बैंकका कर्मचारीले ‘हुन्छ’ भने ।

काम सकिएर म फर्कें । तर एउटा कुराले दिमाग घोचिरह्यो । त्यति धेरै छापिने क्यालेण्डरमा बैंकले किन लापरवाही गरेको होला ? सरकारी बैंकप्रति त्यतिकै अविश्वास बढेको त कहाँ होला र

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK