Skip to content
LAXMI SUNRISE BANK

आहा ! पोखरा… हेरिरहुँ लाग्ने फेवाताल र हिमशृङ्खलाहरु (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बनेको छ । यो स्तूप फेवातालको दक्षिणी छेउमा रहेको अन्नपूर्ण डाँडामा अवस्थित छ ।

विश्व शान्ति स्तूपबाट फेवाताल, पोखरा शहर, माछापुच्छ्रे हिमाल लगायत अन्नपूर्ण शृङ्खलाको अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

विश्व शान्ति स्तूप सेतो र गोलाकार आकारको छ र यसको माथिल्लो भागमा बुद्धका मूर्तिहरू रहेका छन् । स्तूपको वरिपरि ध्यान र प्रार्थनाको वातावरण हुन्छ, जहाँ धेरै भक्तजन तथा पर्यटकहरू शान्तिको अनुभूति लिन पुग्ने गर्दछन् ।

यो स्थान पैदल यात्रा (हाइकिङ), साइकल र ड्राइभ गरेर पनि पुग्न सकिन्छ। यहाँबाट सूर्योदय तथा सूर्यास्तको दृश्य पनि अत्यन्त मनमोहक देखिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK