Skip to content
LAXMI SUNRISE BANK

बैंकबाट लुटिएको रकम खोज्न चेकिङ कडा गर्दा प्रहरीलाई अर्को सफलता, सिन्धुलीबाटै पक्रियो ठुलो परिमाणमा अमेरिकी डलर !

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको अमेरिकी डलरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपाल एसबिआई बैंकमा भएको लुटपाटको रकम खोज्ने क्रममा प्रहरीले स्रोत नखुलेको अमेरिकी डलरसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

सवारी चेक जाँच गर्ने क्रममा प्रहरीले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ माथिल्लो बजार स्थित चेक पोष्ट बाट ती व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी ३४ वर्षीय युवराज नेवार रहेका छन् । उनी काठमाडौँबाट ईलाम तर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोमा सवार थिए ।

उनको साथबाट ५७ हजार अमेरिकी डलर एक सयको ५ सय ७० थान र १२ वटा नेपाली एक हजारको नोट गरी १२ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

नेवारलाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खुर्कोटमा राखि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK