Skip to content
LAXMI SUNRISE BANK

सरकारी वेबसाइट ‘ह्याक’ गर्दै आएका अर्यालले गरे आत्मसमर्पण

अर्थ सरोकार

काठमाडौँ । सरकारी वेबसाइट ‘ह्याक’ गर्दै आएको ‘नेपाली फर नेपाल’का प्रमुख सन्देश अर्यालले आत्मसमर्पण गरेका छन् । प्रेस विज्ञप्ति नै जारी गरेर अर्यालले श्रृङ्खलाबद्ध रुपमा सरकारी वेबसाइटहरु ‘ह्याक’ गरेको स्वीकारेका हुन् ।

उनले गलत मार्ग निर्देशन र विचारको पछि लागेर राष्ट्र विरोधी कार्यमा संलग्न भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

टेलिग्राम च्यानलमार्फत जारी गरिएको विज्ञप्ति अनुसार ‘नेपाली फर नेपाल’ नाम संस्था भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि स्थापना गरिएको थियो । सुरुमा राजनीतिक अस्थिरता र युवाहरुको असन्तुष्टिलाई उजागर गर्न उक्त संस्था खोलिए पनि दुर्गा प्रसाईंको सम्पर्कमा पुगेपछि साइबर आक्रमणको योजना बनाइएको अर्यालले स्वीकारेका छन् ।

उनले मंसिर ७ गते गर्ने भनिएको आन्दोलनको तयारीका लागि प्रसाईंकै घरमा बसेर साइबर सुरक्षा र प्रणालीमा असर पार्ने साइबर आक्रमणका योजना बनाएको पनि बताएका छन् ।

यता साइबर ब्युरोले भने विज्ञप्ति नै जारी गरेर साइबर अपराध गरेको स्वीकारे पनि हालसम्म कोही पनि आत्मसमर्पण गर्न नआएको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK