काठमाडौँ । एनआईसी एशिया बैंकको एक शाखामा रकम चोरीको प्रयास भएको छ । बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखामा सोमबार राति करिब १२ बजेतिर एक चोर बैंकको भवनभित्र प्रवेश गरेका थिए ।
तर, बैंकमा चोर पसेको भन्दै स्थानीयले हल्ला गरेपछि सो चोर त्यहाँबाट भागेको थियो । पछि प्रहरी आएर हेर्दा बैंकको कुनै पनि रकम चोरी नभएको पाइएको छ । स्थानीयले हल्लाखल्ला गरेपछि सो चोर भागेको बैंकको सीसीटिभीमा देख्न सकिन्छ ।
अहिले प्रहरीले सो चोरको खोजी गरिरहेको छ । चोरले मुख्य गेट भने फोडेको पाइएको छ । बैंकमा चोर पसेको र भागेको दुवै तस्विर सामाजिक संजालमा छताछुल्ल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्