Skip to content
LAXMI SUNRISE BANK

सिराह-१ बाट चुनाव लड्ने बब्लु गुप्ताको तयारी, रास्वपाले टिकट देला ?

अर्थ सरोकार

काठमाडौँ । खेलकुद मन्त्री बब्लु गुप्ताले सिराहबाट चुनाव लड्ने तयारी गरेका छन् । उनले सिराह-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने तयारी गरेका हुन् ।

चुनावमा उठ्नकै लागि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले इमेलमार्फत राजीनामा पत्र बुझाएका छन् ।

सिराह-१ बाट चुनाव लड्ने तयारी गरे पनि टिकट भने पाइनसकेको रास्वपाका एक नेताले बताएका छन् । ‘गुप्ताजी रास्वपाबाट सिराह-१ मा उम्मेदवार बन्ने तयारी गरिसक्नुभएको छ । तर टिकट पाइसक्नुभएको छैन ।’, उनले भने, ‘सम्भवतः पाउनुहुन्छ ।’

गुप्ता पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी अभियानमा सहभागी भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK