काठमाडौँ । झापा-५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चुनावमा ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । फागुन २१ गते हुने निर्वाचनमा हुने खर्चका लागि निर्वाचन अयोगले उक्त सिमा तोकेको हो ।
बालेनसँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि समान ३१ लाख रुपैयाँसम्म नै खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले निर्वाचन खर्च भन्दै झापा-५ का उम्मेदवारका लागि खर्चको सीमा ३१ लाख रुपैयाँ तोके पनि झापा-५ मा करोडौँ रुपैयाँ निर्वाचनमा खर्च हुने अनुमान गरिएको छ । निर्वाचनमा भएको खर्चको सीमाभित्र रहेर उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ ।
यता नेपाली कम्युष्टि पार्टी (नेकमा)बाट रुकुम पूर्वमा उम्मेदवारी दिएका पुष्पकमल दाहाल (प्रचण्ड)का लागि निर्वाचन खर्चको सीमा २७ लाख रुपैयाँ तोकिएको छ ।
त्यस्तै, गोरखा-२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावका लागि २९ लाख रुपैयाँ, रोतहट-१ बाट उम्मेदवारी दिएका माधव कुमार नेपालले २९ लाख रुपैयाँ र सर्लाही-४ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका सभापति गगन थापाले पनि २९ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्