काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ‘पब्लिक डिबेट’का लागि तयार भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै ओलीले आफू ‘पब्लिक डिबेट’का लागि तयार भएको बताएका हुन् ।
उनले अहिले सार्वजनिक बौद्धिक वृत्तले पार्टीका प्रमुख नेताहरुबीच पारदर्शी बहसको माग गरिरहेको र उक्त माग सकारात्मक भएको भन्दै आफू उक्त बहसका लागि तयार भएको बताएका छन् ।
‘सार्वजनिक रुपमा उठेका प्रश्नहरुमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ ।’, ओलीले लेखेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के-के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।’

‘पब्लिक डिबेट’का लागि आफू तयार भएको भन्दै देश जलाउने र देश बनाउने पक्षबीच हुने प्रतिस्पर्धामा नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा रहेको बताएका छन् ।
यता, ओलीसँग प्रतिस्पर्धा गर्न झापा-५ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भने एमाले अध्यक्ष ओलीसँग एउटै मञ्चमा सँगै बस्न अस्वीकार गरेका छन् । ओलीले गरेको पोस्टमा कमेन्ट गर्दै उनले ‘पब्लिक डिबेट’मा ओलीसँगै एउटै मञ्चमा नउभिने बताएका छन् ।

‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’
त्यस्तै, बालेनले ओलीलाई लक्षित गर्दै लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रुपमा स्वीकारेकोमा ठिकै छ, हुन पनि नेताहरुको घर कता कता छन् तपाईंहरुलाई नै थाहा थियो ! तपाईंहरुले आफैँ २३ गते बच्चाहरु मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्