Skip to content
LAXMI SUNRISE BANK

लहानमा बालेनः मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण

अर्थ सरोकार

काठमाडौँ । सिराहाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् । चुनावी यात्रा सुरु गर्दै लहान पुगेका शाहले महतोको शालिकमा माल्यार्पण गरेका हुन् ।

मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताएका छन् ।

उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । 

बालेन शाह सोमबार बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर बिहानी आरतीमा सहभागी भएका थिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK