काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)का सल्लाहकार सुरेन्द्र बजगाईं पनि चुनाव लड्ने भएका छन् । उनी आसन्न चुनावमा ललितपुर-१ बाट निर्वाचन लड्ने भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्भावित उम्मेदवारको रुपमा उनको नाम अगाडि रहेको रास्वपाका एक नेताले बताएका छन् । रास्वपाका नेताका अनुसार काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत बजगाईंलाई प्रत्यक्ष उम्मेदवारका लागि अघि सारिएको छ ।
यसअघि उनलाई रास्वपाले जेन-जी समूहबाट समानुपातिक बन्दसूचीमा प्रस्ताव गरेको थियो । तर, हाल उनलाई समानुपातिक नभएर लतिलपुर-१ बाट प्रत्यक्षतर्फ उठाउने तयारी रहेको बुझिएको छ ।
यसो त ललितपुर-१ मा यसअघि बाहिरी जिल्लाका नेताहरुले जित्दै आइरहेका छन् । तर, यसपालि स्थानीय युवालाई स्थान दिनुपर्ने माग उठेपछि रास्वपाले बजगाईंको नाम अघि बढाएको छ । माहाङ्काल गाउँपालिका-४ का स्थानीयसमेत रहेका बजगाईं स्थानीय स्तरमा युवामाझ लोकप्रिय हुनुका साथै सामाजिक तथा राजनीतिक कार्यमा पनि सक्रिय भएकाले उनको सम्भावना बलियो रहेको चर्चा समेत सुरु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्