Skip to content
LAXMI SUNRISE BANK

चाबहिलको यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा, कार्यालय प्रमुख र ट्राफिकको मोबाइल जफत ! 

अर्थ सरोकार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ । आयोगले भ्रष्टाचारको आशंकामा कार्यालयमा छापा मारेको हो । 

यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको अख्तियारको टोलीले कार्यालयका प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीको फोन बरामद गरेको छ । कर्मचारीहरुमाथि लिखित परीक्षा फेल भएकासँग ५ देखि १० हजार असुल गरी ३ महिना नपुग्दै पुनः आवेदन दर्ता गरेर लिखित परीक्षा दिन लगाउने गरेको आरोप छ ।

कार्यालयका प्रमुख र कर्मचारीको साथबाट २५ वटा मोबाइल बरामद गरिएको अख्तियारका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित ३ जनाको ३ वटा मोबाइल पनि बरामद गरिएको छ ।

त्यस्तै, नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंह समेत ७ जनाको ९ वटा मोबाइल बरामद गरिएको अख्तियारका अधिकारीले बताएका छन् । अख्तियारले थप कागजात पनि नियन्त्रणमा लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK