काठमाडौँ । नागरिक दैनिकमा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघले नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको हो ।
श्रमजीवी पत्रकारका न्यायोचित मागहरु पटकपटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको महासंघले जनाएको छ ।
नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐन अनुसार सेवा-सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयन गर्न माग गरेको महासंघले जनाएको छ ।
महासंघका अनुसार लामो समयदेखि संवादको पहल हुँदाहुँदै पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दीको कदम चाल्नुपरेको हो । उता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने उल्टै नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र नागरिक शाखाका अध्यक्षविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
यसअघि पनि काम गरेबापतको पारिश्रमिक मागेपछि ३ जना कर्मचारीविरुद्ध मुद्दा लगाइसकेको छ । महासंघले श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्