काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा भाग लिने/नलिनेबारे कुनै निर्णय नगरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
उनले आफूले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिने/नलिने विषयमा कुनै पनि निर्णय नगरेको बताएका छन् ।
केही दिनदेखि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर-३ मा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर, उनले सो विषयमा हालसम्म आफूले कुनै निर्णय नगरेको बताएका छन् ।
‘मैले अहिलेको मितिसम्म चुनाव लड्ने अथवा नलड्ने भनेर सार्वजनिक रुपमा भनेको पनि छैन । निर्णय पनि गरेको छैन ।’, उनले भने, ‘अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउँला ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्