काठमाडौँ । नेपाली राजनीति, त्यसमा पनि काँग्रेसमा अहिले एउटा नाम चर्चित छ, पूर्ण बहादुर खड्का । शेर बहादुर देउवाका खास पात्रसमेत रहेका पूर्ण बहादुर नेपाली काँग्रेस (संस्थापन पक्ष) का उपसभापति तथा कार्यवाहक सभापति हुन् ।
तर, हाल विशेष महाधिवेशनले काँग्रेसको नयाँ नेतृत्व चयन गरेसँगै उनी अब नाम मात्रका काँग्रेस भएको काँग्रेसकै नेताहरुले बताएका छन् ।
‘नाम पूर्ण भए पनि अब उहाँ पूर्ण रहनुभएन । सिङ्गो काँग्रेस परिवर्तनको पक्षमा उभिँदा उहाँले काँग्रेसको हितको पक्षमा उभिने साहस पनि गर्नुभएन । त्यसैले अब उहाँ बहादुर पनि रहनुभएन ।’, काँग्रेसका एक नेताले भने, ‘अब उहाँ नाम मात्रको काँग्रेस हो ।’
त्यस्तै, अहिलेको परिस्थितिमा काँग्रेसले परिवर्तन चाहे पनि पूर्ण बहादुरले आफूलाई परिस्थिति र समयको माग अनुसार ढाल्न नसकेको काँग्रेसका एक नेताले बताएका छन् ।
यसै पनि पूर्ण बहादुर शेर बहादुर देउवाबाहेक अरुका कुरा खासै सुन्दैनन् र मान्दैनन् पनि । त्यसैमाथि विशेष महाधिवेशनको पक्षमा उभिए पद नै नरहने देखिएपछि उनले देउवाकै कुरा मानेर आफ्नो अडान नछोडेपछि पार्टी फुटको संघारमा पुगेको आरोप पनि काँग्रेस नेताहरुले लगाएका छन् ।
हाल विशेष महाधिवेशनले काँग्रेसको नयाँ कार्यसमिति चयन गरिसकेको छ । नयाँ कार्यसमिति आधिकारिकताका लागि निर्वाचन आयोग जाने तयारीमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्