Skip to content
LAXMI SUNRISE BANK

आइक्यान र राष्ट्रिय वाणिज्य बैंकबीच ‘विवादास्पद’ सम्झौता !, ‘कारवाही नगर्ने मौखिक सर्त, इथिक्स सिकाउने संस्थाकै अनइथिकल काम !’

अर्थ सरोकार

काठमाडौँ । स्वार्थ बाझिने गरी काम गर्नु हुँदैन भन्ने कोड अफ इथिक्स बनाएको नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले कोड अफ इथिक्स विपरित काम गरेको आरोप लागेको बैंकसँगै सम्झौता गरेको छ ।

आइक्यान र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको हो । कोड अफ इथिक्स विपरित स्वार्थ बाझिनेगरी काम गरेको कसुरमा कारवाही प्रक्रिया अगाडी बढाउनुपर्ने माग उठिरहेका बेला आइक्यानले अडिट विवादमा तानिएको राष्ट्रिय बाणिज्य बैंकमा कर्जा र तलवी खाता संचालनको सम्झौता गरेको हो ।

सम्झौता-पत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका छन् । डंगोल पनि बैंककै पूर्व कर्मचारी हुन् । लेखापरिक्षक प्रकाश लम्साल र बैंकका सीइओ खनाल आफन्त हुँदा हुँदै पनि अडिट भएको विवाद चलिरहँदा यो सम्झौता हतारहतार हुनुले भित्री डिल अर्कै भएको शंकासमेत उब्जाएको छ । सो प्रकरणमा कारवाही प्रक्रिया अगाडी बढे स्वयम् डंगोल पनि फस्ने भएपछि उनले मिलेको सन्देश दिन यस्तो प्रक्रिया छिटो अगाडी बढाएको स्वयम् आइक्यानका कर्मचारीहरुको दाबी छ ।

लिखित सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नेछ । मौखिक सम्झौता भने डंगोल, खनाल र लम्सालमाथि हुने सम्भावित कारवाही रोक्नेसमेत भएको दाबी आइक्यानका कर्मचारीहरुको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK