काठमाडौँ । भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ ।
सार्वजनिक पदमा रहँदा आचार्यले गैरकानूनी रुपमा आर्जन गरेको पैसाले श्रीमती लिली सुवेदीको नाममा सम्पत्ति खरिद गरेको समेत अख्तियारको दाबी छ । अख्तियारले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुवेदीलाई समेत प्रतिवादी बनाएको छ ।
अख्तियारका अनुसार आचार्य र उनका एकाघर परिवारका सदस्यहरुले वैधानिक रुपमा भने ३ करोड ५१ लाख ८ हजार २ सय १० रुपैयाँ कमाएको देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्