काठमाडौँ । अबदेखि अमेरिकाको भिसा लिँदा धरौटी राख्नुपर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरुको सूचीमा राखेसँगै अमेरिकाको बि-१/बि-२ (पर्यटक वा व्यवसायिक) भिसा लिँदा धरौटी राख्नुपर्ने भएको हो ।
अमेरिकी भिसाका लागि आवेदन दिँदा धरौटी राख्नुपर्ने नियम जनवरी २१ देखि लागू हुनेछ ।
धरौटी रकम न्यूनतम ५ हजार अमेरिकी डलरदेखि १५ हजार अमेरिकी डलरसम्म हुने बताइएको छ । धरौटी रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको हैसियत हेरेर तय गर्नेछन् ।
धरौटी बापतको रकम सिधै अमेरिकी सरकारको आधिकारिक पोर्टल ‘पे डट गभ’ मार्फत जम्मा गर्नुपर्नेछ । यसरी जम्मा गरिएको धरौटी बापतको रकम समयभित्रै अमेरिका छोडेमा, भिसाको शर्त उल्लंघन नगरेमा र तोकिएकै ३ वटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखिएमा फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्यथा, धरौटी बापतको रकम जफत हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्