Skip to content
LAXMI SUNRISE BANK

‘बैंकर कुट्छौँ’ भन्नै देवी संग्रौलाले मागे माफी, अरुमाथि पनि अनुसन्धान गर्दै प्रहरी !

अर्थ सरोकार

काठमाडौँ । नागरिक बचाउ महा-अभियान अन्तर्गतको ऋणी एसोसिएसन नेपालका केन्द्रीय संयोजक देवी संग्रौलाले माफी मागेका छन् । सामाजिक सञ्जालमार्फत बैंकका कर्मचारीलाई कुट्ने, पिट्नेजस्ता अभिव्यक्ति दिएका संग्रौलाले माफी मागेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । 

ब्युरोका अनुसार सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कुट्ने, पिट्ने तथा भण्डारखालजस्तो काण्ड मच्चाउनुपर्नेजस्ता अभिव्यक्ति दिएपछि उनीविरुद्ध उजुरी परेको थियो ।

सोही उजुरीमाथिको अनुसन्धान तथा कारवाहीका क्रममा संग्रौलाले बैंकविरुद्ध बोल्नु गल्ती भएको र अबदेखि समाज र राज्यलाई असर पार्ने अभिव्यक्ति नदिने भन्दै माफी मागेको साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जनाएका छन् ।

त्यस्तै, साइबर ब्युरोले बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक अभिव्यक्ति दिनेमाथि निगरानी भइरहेको उल्लेख गर्दै कानूनविपरीत अभिव्यक्ति नदिन पनि आग्रह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK