काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै डेढ लाख निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड-२०८२’ स्वीकृत गरेसँगै निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
मापदण्ड अनुसार निर्वाचन प्रहरीलाई १० दिन तालिम दिइनेछ भने ३० दिन कार्यस्थलमा खटाइनेछ ।
गृह मन्त्रालयका अनुसार १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी नेपाल प्रहरी मातहत रहनेछन् । भने १५ हजार १ सय १० जना सशस्त्र प्रहरी बल (एपिएफ) मातहत रहनेछन् ।
निर्वाचनलाई लक्षित गर्दै भर्ना गरिने निर्वाचन प्रहरी र सशस्त्र प्रहरीका जवानलाई आधारभूत तलबमान अनुसार रासन, मासिक तलब र पोसाक बापतको खर्च बैंक खातामै उपलब्ध गराइनेछ । नेपाल प्रहरी मातहत रहने निर्वाचन प्रहरीलाई नीलो डांग्री कपडा, टोपीसहित हुनेछ भने सशस्त्र मातहत हुने निर्वाचन प्रहरीलाई सशस्त्रको पोशाकसँग मिल्दोजुल्दो कपडा र टोपी दिइनेछ ।
निर्वाचन प्रहरीमा भर्ना हुने व्यक्ति १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्