Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा आकस्मिक प्रदूषण जाँच, ३६ मध्ये १२ गाडीको मापदण्ड फेल (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । सवारी साधनबाट वायु प्रदूषणमा न्यूनीकरणका लागि नेपाल सरकारको वातावरण विभागले काठमाडौंका सडकमा आकस्मिक चेकजाँच तीव्र बनाएको छ । यस क्रममा बुधबार काठमाडौं उपत्यकाको बानेश्वरदेखि माइतीघर सडक खण्डमा गुडिरहेका डिजेल तथा पेट्रोल सवारीसाधनको स्थलगत परीक्षण गरिएको हो ।

डिजेल तथा पेट्रोलका जम्मा ३६ वटा सवारीसाधनको परीक्षण गरिएकोमा १२ वटा सवारीसाधन मापदण्डअनुसार नपुगेका कारण फेल भएका छन् । यो करिब ३३-३४ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्डमा फेल भएका हुन् ।

फेल भएका सवारीसाधनलाई आवश्यक मर्मत गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ । साथै नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई उपत्यका ट्राफिक प्रहरीले तोकिएको जरिवाना पनि काटेको छ ।

वातावरण विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठका वायु प्रदूषण नियन्त्रणका प्रयासअन्तर्गत सवारीसाधनबाट निस्कने प्रदूषक तत्वको न्यूनीकरण तथा नियन्त्रण गर्न नेपाल सरकारको वातावरण विभाग र उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा एक घण्टाको अवधिमा स्थलगत चेकजाँच गरिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK