Skip to content
LAXMI SUNRISE BANK

इपिसेण्टर झापा: ओलीका निकटले नै गरे एमाले परित्याग, बालेनलाई सघाउने घोषणा

अर्थ सरोकार

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निटकले नै पार्टी परित्याग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई सघाउन ओलीका अति निकट विश्वासपात्र तथा नेकपा एमालेका नेता डा. रामबाबु गिरीले पार्टी परित्याग गरेका हुन् ।

देशको वर्तमान अवस्थाका लागि केपी ओलीलाई मुख्य जिम्मेवार ठहर गर्दै उनले अब देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताएका छन् । गिरीले आफू परिवर्तनको पक्षमा भएकाले पार्टी परित्याग गरेको बताएका छन् ।

उनी झापास्थित बी एन्ड सी मेडिकल कलेजका अध्यक्षसमेत हुन् । 

झापा लगायतका देशका विभिन्न स्थानमा पार्टी परित्याग गरी रास्वपा प्रवेश गर्नेहरू बढेका छन् । मंगलबार मात्रै झापाको कमल गाउँपालिकाका नेपाली काँग्रेसका सचिव महेन्द्र बुढाथोकीले पार्टी परित्याग गरेका थिए ।

त्यस्तै,  राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा र राष्ट्रिय युवा संघका उपाध्यक्ष बिजय तामाङले पनि एमाले परित्याग गरेर रास्वपा प्रवेश गरेका छन् ।

देशभरबाट एमाले, कांग्रेसलगायतका पार्टी त्यागनेहरु रास्वपा प्रवेश गरेर बालेनलाई सघाउने जनाएका छन् ।   

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK