Skip to content
LAXMI SUNRISE BANK

जेन-जी आन्दोलनः सार्वजनिक संस्थानमा मात्रै ९५ करोडको क्षति, निजी प्रतिष्ठानको क्षति २७ अर्ब ४९ करोड

अर्थ सरोकार

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । 

क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका सम्पतिको क्षति रकम ९५ करोड ६२ लाख रहेको छ । सार्वजनिक संस्थानमा भएको कुल क्षति रकममध्ये भवनतर्फ ४३.१ प्रतिशत, सवारी साधनतर्फ १६.१ प्रतिशत, अन्य भौतिक सम्पत्तितर्फ ३७.४ प्रतिशत र अन्यमा ३.३ प्रतिशत क्षति भएको छ ।

प्रतिवेदन अनुसार संस्थानका नेपाल सरकार अन्तर्गतका २६ ओटा भवनमा क्षति पुगेको छ भने प्रदेश सरकार मातहत रहेका संस्थानका ३ वटा भवनमा क्षति पुगेको छ । कुल ४१ करोड २४ लाख बराबरको क्षति पुगेको छ भने संस्थानहरुका करिब १ सय ९ ओटा सवारी साधनमा क्षति पुगेको छ । संस्थानहरुका सबारी साधनको क्षति करिब १४ करोड ३६ लाख बराबरको रहेको छ ।

यता निजी तथा सामुदायिक क्षेत्रले जेन-जी आन्दोलनका बेला ठूलो क्षति ब्यहोर्नुपरेको सरकारी अध्ययन प्रतिवेदनले देखाएका छ । प्रतिवेदन अनुसार निजी तथा सामुदायिक क्षेत्रमा भएको क्षति अनुसार निजी प्रतिष्ठान तथा घर परिवारमा कुल क्षति रकम ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रमा भएको क्षति रकम ५ अर्ब ९७ करोड १७ लाख रहेको छ ।

प्रतिवेदन अनुसार निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवं अस्थायी सम्पतिमा गरी कुल २७ अर्ब ४९ करोड ३ लाख क्षति पुगेको देखिन्छ जुन निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षति रकमको ६९.८ प्रतिशत हो । यो क्षेत्रले व्यहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षतिको अंश सबैभन्दा ठूलो ४५.२ प्रतिशत रहेको छ । त्यसपछि अन्य भौतिक सम्पतिको क्षति २७.४ प्रतिशत, अस्थायी सम्पति तथा अन्य निजी सम्पतिको २१.७ प्रतिशत र सवारी साधनको क्षति ३.४ प्रतिशत रहेको छ । समग्र रूपमा हेर्दा क्षतिको भार भवन तथा स्थायी सम्पतिमा बढी रहेकाले उत्पादन, सेवा र रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK