Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य तोलामै दुई हजार रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले घटेर दुई लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला ४८३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख २७ हजार ७ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१४५.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK