Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य २१ सय रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१ सय रुपैयाँले घटेर दुई लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला ४५ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छपावाला सुनको मूल्य दुई लाख २३ हजार २ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३८५८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK