Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१ सय रुपैयाँले बढेर दुई लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला ४७८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख २९ हजार ५ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०९८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK