Skip to content
LAXMI SUNRISE BANK

सुनको भाउले तोड्यो रेकर्ड, तोलाकै २ लाख ८२ हजार, छिट्टै तीन लाख पुग्ने !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार २ सय रुपैयाँले बढेर दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेर प्रतितोला ५८१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४१ हजार ७ सय ७०  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४९८१ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK