Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै ३ लाख १८ हजार ८ सय रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४३० रुपैयाँले बढेर प्रतितोला ७३०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६२५८.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK