Skip to content
LAXMI SUNRISE BANK

बैंकका कर्मचारी कुट्नेलाई कारवाही गर्ने सरकारको प्रतिबद्धता

अर्थ सरोकार

काठमाडौँ । सरकारले बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारवाही गर्ने भएको छ । नेपाल बैंकर्स संघ र सरकार पक्षबीच भएको छलफलका क्रममा सरकारले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आक्रमण गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको हो ।

छलफलमा सहभागी एक बैंकका सिइओका अनुसार छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्रालयका प्रतिनिधि र उच्च सरकारी अधिकारीको सहभागिता थियो । 

छलफलका क्रममा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भइरहेको दुर्व्यवहारबारे गम्भीर रुपमा छलफल भएको थियो । छलफलका क्रममा बैंकका कर्मचारीमाथिको आक्रमणले समग्र बैंकिङ क्षेत्रकै मनोबल खस्किएको भन्दै सिइओहरुले सरकारसमक्ष सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका थिए ।

सोही छलफलमै अर्थ मन्त्रालय र गृह मन्त्रालयका तर्फबाट बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गरिएको छलफलमा सहभागी एक बैंकका सिइओले बताएका छन् । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार र कुटपिट गर्नेहरुलाई पक्राउ गरी कारवाही गर्ने पनि सरकारले प्रतिबद्धता व्यक्त गरेको ती सिइओले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK