Skip to content
LAXMI SUNRISE BANK

गोरखा-२ मा एमालेबाट ‘गुण्डा नाइके’ चक्रे मिलन चुनाव लड्दै

अर्थ सरोकार

काठमाडौँ । गोरखा–२ मा एमालेबाट ‘गुण्डा नाइके’ चक्रे मिलन (मिलन गुरुङ) चुनाव लड्ने भएका छन् । उनलाई एमालेले टिकट दिने निर्णय गरेको हो ।

प्रहरीको क्रिमिनल रेकर्डमा चक्रे मिलनविरुद्ध हालसम्म १२ भन्दा बढी पटक मुद्दा चलेको छ ।

उनलाई च्यानसलमा बसेको पार्टीको बैठकले फागुन-२१ गतेको चुनावका लागि टिकट दिने निर्णय गरेको थियो । उनी गत साउनमा मात्र पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट उनीसहितका व्यक्तिलाई पक्राउ गरेको थियो ।

सो बेला चक्रे मिलन धरौटीमा छुटेका थिए । लगत्तै ज्यान मार्ने उद्योगको मुद्दामा भक्तपुर पठाइएका चक्रे मिलन त्यहाँ पनि धरौटीमा रिहा भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK