काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ४२ जना कर्मचारीको सरुवा गरेका छन् । उर्जा मन्त्रालयबाट कुलमान बाहिरिएसँगै शाक्यले ६ जना निर्देशकसहित ४२ जना कर्मचारीको एकैपटक सरुवा गरेका हुन् ।
शाक्यले सरुवा गरेका अधिकांश कर्मचारी कुलमा निकटका कर्मचारी छन् ।
सरुवा हुनेहरुमा महत्वपूर्ण विभाग मानिने उच्च भोल्टेज ग्रीड विकास विभागका प्रमुख थर्क बहादुर थापा, विद्युत व्यापार विभाग प्रमुख कमल आचार्य, विद्युत प्रणाली व्यवस्थापन विभागमा कार्यरत टेकनारायण तिवारी रहेका छन् ।
थापालाई विद्युत व्यापार विभागमा सरुवा गरिएको छ भने आचार्यलाई उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा सरुवा गरिएको छ ।
त्यस्तै, टेकनारायण तिवारीलाई भने आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको वितरण लाइन तथा सवस्टेसन विभागमा सरुवा गरिएको छ । यता तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख विनोद भण्डारीलाई पनि उत्तरगंगा पावर कम्पनीमा सरुवा गरिएको छ ।
त्यस्तै, अपर तामाकोशी हाइड्रोका प्रमुख मनोज ताम्राकारलाई आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन तथा सबस्टेसन विभागमा काज फिर्ता गरिएको छ । यस्तै, शाक्यले लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख हरिप्रसाद पाण्डेलाई सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरिया र अत्तरियाका प्रमुख मनोजकुमार यादवलाई लुम्बिनीमा सरुवा गरेका छन् । यस्तो छ सरुवा भएका अन्य कर्मचारीको विवरणः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्