Skip to content
LAXMI SUNRISE BANK

होटल गरिमाले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त 

अर्थ सरोकार

काठमाडौँ । होटल गरिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । इटहरीमा अवस्थित पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमाले निकट भविष्यमा आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड रकम बराबरको ४० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । आईपीओ जारी गर्नका लागि होटलले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

उक्त सेयर निष्काशनका लागि होटल गरिमा लिमिटेडको तर्फबाट प्रबन्ध संचालक बिनोद पौडेल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

होटल गरिमा लिमिटेडको यो कदमले विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी कोशी प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।

सोल्टी होटल एण्ड रिसोट समूहबाट व्यवस्थापन गरिएको सो होटलमा एउटा रोयल सुइट, आठ वटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन् । होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, ‘नुवाड थाई’ ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK