Skip to content
LAXMI SUNRISE BANK

‘अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन’- सञ्चारमन्त्री

अर्थ सरोकार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको बताएका हुन् । 

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताएका छन् । 

आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरुले झुटो समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि व्यक्त गरेका छन् । ‘समाचार फरक ढंगले आइरहेका छन् । त्यसप्रति मेरो आपत्ति छैन ।’, उनले भने, ‘तर मैले चुनावमा उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन ।’

त्यस्तै, मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचारमात्रै सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK