काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ । आइक्यानले पुस २३ गते बुधबार ‘द एभरेस्ट होटल’ मा ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको हो।
नेपाली लेखा तथा लेखापरीक्षण सेवालाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी रूपमा स्थापित गर्दै सेवा निर्यातमार्फत रोजगारी र आयआर्जन बढाउने लक्ष्यसहित आइक्यानले ‘गेन’ परियोजना सार्वजनिक गरेको हो ।
आइक्यानका अनुसार परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नु, रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सिर्जना गर्नु रहेको छ । गेन परियोजनाले पाँच वर्षभित्र वार्षिक ५० हजारभन्दा बढी तथा आगामी दश वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यसैअवधिमा सेवा निर्यातमार्फत बर्सेनि करिब रु ८० अर्ब बराबरको आय देशमा भित्र्याउने योजनासमेत छ ।
आइक्यानले परियोजना कार्यान्वयनपछि नेपाली अडिट फर्म र यस पेसामा लागेका व्यक्तिबाट अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थिति बढाउँदै सेवा निर्यातमार्फत मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्ने विश्वास गरेको छ । हेर्नुहोस् कार्यक्रमका खास झलक:






Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्